Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

मानसिक स्वास्थ्य र मनोवैज्ञानिक परामर्शका लागि अमेरिकाको सहयोग निरन्तर:राजदूत बेरी

Friday, February 12, 2021 National Power

 काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले मानसिक स्वास्थ्य सुधारका लागि अमेरिकाले नेपाललाई निरन्तर सहयोग गरिरहेको बताएका छन् ।

नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी भएको एक भर्चुअल कार्यक्रमलाई सम्बोधन गदै राजदूत बेरीले सन् २०१५ मा भूकम्पपछि अमेरिकाले विश्व स्वास्थ्य संगठनमार्फत् भूकम्प पीडितलाई मानसिक स्वास्थ्य र मनोवैज्ञानिक परामर्शसम्बन्धी सहयोग निरन्तर गरिरहेको जानकारी दिए ।

त्यसैगरी गत वर्ष कोभिड–१९ को महामारी सुरु भएपछि स्वास्थ्य मन्त्रालयलाई मानसिक स्वास्थ्यसम्बन्धी बृहत् प्राविधिक सहयोग, तालिम र विभिन्न उपकरणहरू प्रदान गरिएको पनि राजदूत बेरीले बताए ।

उनका अनुसार यस अवधिमा झण्डै १८ लाख परिवारलाई टेलिफोनमार्फत काउन्सिलिङ सेवा प्रदान गरिएको छ भने फिल्डमा खटिने स्वास्थ्यकर्मीलाई पनि सो सेवा प्रदान गरिएको छ । उनले नेपालमा मात्र नभई संसारभरि नै मानसिक रोगीहरूको संख्यामा निकै बढोत्तरी भएको र त्यसलाई सम्बोधन गर्नुपर्ने बताए ।

राजदूत बेरीले अहिले उपलब्ध सामाजिक सञ्जालको माध्यमको प्रयोग गरेर मानसिक स्वास्थ्यको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।