Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

‘प्रचण्डले त मान्छे मार्ने आन्दोलन गर्न खोजेको हो, अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन्’ : प्रधानमन्त्री ओली

Tuesday, February 2, 2021 National Power

सिराहा- प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अब नेपालमा हिंसात्मक आन्दोलनको सपना नदेख्न चेतावनी दिएका छन् । सोमबार शहीद स्वर्गीय हेमनारायण यादवको स्मृति दिवसलाई सिरहामा सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । उनले,‘उनीहरु बिगार्ने र भत्काउने कुरा गर्छन्, अब प्रचण्डले अस्ति भने तपाईहरुले सुन्नुभयो होला, अब शाकाहारी आन्दोलन गरेर काम छैन् ? भनेको मांशहारी आन्दोलन । मांशहारी भनेर के उहाँले चिकेन चिल्ली खान खोज्या हो ?, चिकेन चिल्ली खान त खोजेको होईन होला, उहाँले त मांशहारी मात्रै होईन आदमखोर आन्दोलन गर्न खोजेको हो । उहाँले त मान्छे मार्ने आन्दोलन गनृ खोजेको हो । तर, म उहाँलाई भन्न चाहन्छु कि अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन् । कुनै दृष्टता नगर्नुहोला । हिजो केपी ओली प्रधानमन्त्री थिएन् । झुक्याईयो होला, झुक्याउन सफल हुनुभयो होला । धेरै युवाहरुलाई सुन्दर सपना देखाएर लडाईको मैदनामा होम्नुभयो होृला ।’