Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

शान्ति र प्रगति अमेरिकाको प्राथमिकता

Saturday, January 23, 2021 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले भेट गरेका छन् । अमेरिकामा नयाँ राष्ट्रपति जोसेफ रोबिनेट बाइडनले कार्यभार सम्हालेपछि राजदूत बेरीले गरेको यो पहिलो भेट हो ।

भेटमा अमेरिकाको नवनियुक्त राष्ट्रपति बाइडेनको प्राथमिकताबारे अवगत गराईएको छ। राष्ट्रपति बाइडेनको शान्ति, प्रगति र सुरक्षाका लागि एक मजबुत र विश्वासिलो साझेदार रहनेमा उनको जोड रहेको छ । राष्ट्रपति बाइडेनले बुधबार कार्यभार सम्हालेका थिए ।

अमेरिकासँग नेपालको नयाँ साझेदारीका सम्भावनाका विषयमा समेत छलफल भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले नयाँ राष्ट्रपतिको आगामी कार्यदिशा र सहकार्यका कार्यसूची बारेमा राजदूत बेरीसँग परामर्श गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।