काठमाण्डौ – नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०२१” को आवेदन खुला गरिएको छ । आगामी चैत्र २० गते काठमाण्डौमा सम्पन्न हुने उक्त अर्वाडका लागी यहि पुष १६ गतेवाट आवेदन फारम खुल्ला गरिएको हो । तिन वर्ष देखी नेशनल पावर न्युज म्युजिक अवार्डको रुपमा आयोजना हुदै आएको यस अवार्डको नाम परिवर्तन गरी NATIONAL INCLUSIVE MUSIC AWARD (निम अवार्ड) अर्थात राष्ट्रिय समावेशी म्यूजिक अवार्ड नाम राखिएको हो । अव उप्रान्त नेशनल पावर न्युज म्युजिक अवार्डको आगामी संस्करणहरु राष्ट्रिय समावेशी अवार्डका रुपमा आयोजना गरिने आयोजक समितिका अध्यक्ष माधव राज खरलले वताएका छन् ।
यस अवार्डमा पहिलो वर्ष देखी नै नेपालमा बोलीने विभिन्न भाषा भाषीका गीत संगीतहरुलाई बिशेष प्राथमिकताका साथ समेटिदै आएको र अहिले सम्मकै बृहत संख्याका भाषाभाषीका गीतहरुको उत्साहपुर्वक सहभागिता हुदै आएकोले पनि यसलाई नेपालकै पहिलो सवाबेशी अवार्डको नारा दिईएको हो । नेपाली सहित काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई , लिम्बु , चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका गीतर भिडियोहरु अवार्डमा सहभागी हुँदै आएका छन् ।
नेपाली भाषाको हकमा अंग्रेजी क्यालेन्डर अनुसार २०२० जनवरी १ देखि २०२० डिसेम्बर ३० सम्म बजारमा आएका गीत तथा भिडियोहरु हुनु पर्नेछ भने अन्य भाषाहरुको लागि २०१९ र २०२० वर्ष भित्रका वजारमा आएका गीतहरुलाई समावेश गरिने छ आयोजक समितिको निर्देशक कमला जोशीले वताईन् । गीतहरु दर्ता गर्नको लागी आवेदनको अन्तिम म्याद फाल्गुन ५गते सम्म निर्धारण गरिएको वताईएको छ ।