Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

थानकोटमा समातिएको डेढ करोडबारे छानबिनको जिम्मा सम्पत्ति शुद्धीकरणलाई

Monday, January 4, 2021 National Power

काठमाडौं – प्रहरीले थानकोटबाट बरामद गरेको एक करोड ४७ लाख रुपैयाँबारे थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई दिएको छ ।

महानगरीय प्रहरी वृत्त, थानकोटले सोमबार बिहान साढे ४ बजे एक निजी सवारीसाधनबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद गरेको थियो । बरामद रकमबारे थप अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले पक्राउ परेका व्यक्ति र रकमलाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाएको हो ।