Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

ओली समूहको अखिल पनि १०९९ सदस्यीय

Tuesday, December 29, 2020 National Power

काठमाडौं -नेकपा ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुले पनि केन्द्रीय कमिटी विस्तार गरेको छ । ऐन महर संयोजक रहेको यो समूहको अखिलले केन्द्रीय कमिटीको संख्या साविकको भन्दा तीन गुणा बढी बनाएको छ ।

एमाले र माओवादी एकीकरण भएपछि ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । यसलाई बढाएर १०९९ सदस्यीय बनाइएको छ । यो कमिटीलाई महाधिवेशन आयोजक कमिटी भनिएको छ । तर, महाधिवेशनको मिति भने तय नभएको नेता समिक बडालले बताए ।

‘लामो समयसम्म नेतृत्व निर्माण रोकिएको थियो । त्यसैले यस्तो निर्णय लिनु परेको हो’, उनले भने । यो समूहको अखिलले पुस १९ मा उपत्यका भेला, पुस २२ मा सबै जिल्ला भेला र पुस २५ मा विश्वविद्यालय कमिटीको भेला गर्ने तयारी भएको बडालले बताए ।

ओली समूहको नेकपाले पनि पार्टी केन्द्रीय कमिटी ११९९ सदस्यीय बनाएको छ । पार्टी केन्द्रकै सिको गर्दै अखिलले पनि जम्बो कमिटी बनाएको हो । ओली समूहको अन्य जनवर्गीय संगठनहरुले भने साविकको कमिटी चलाएका छैनन् । राष्ट्रिय युवा संगठनका सहसंयोजक रमेश पौडेलले कमिटीको बैठक नबसेकाले यसबारे कमिटी विस्तार नगरिएको बताए ।

‘हामी प्रदेश भेलाहरुमा छौं, कमिटी विस्तारबारे निर्णय भएको छैन ।’ पौडेल नेतृत्वमा बागमती बाहेक सवै प्रदेशमा मोटरसाइकल प्रदर्शन र भेलाहरु भएका छन् ।