Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

संचार मन्त्री पार्वत गुरुङले गरे नवराज बजगाईलाई पत्रकारिता सम्मान

Saturday, December 26, 2020 National Power

काभ्रे, नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रकाशक एवं प्रधान सम्पादक नवराज बजगाईलाई ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ अन्तर्गग ‘यूवा पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको छ ।

संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यता , बरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुप प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न.पा. का मेयर सन्तोष चालिसे र राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईलाको हात बाट बजगाईलाई सम्मानित गरिएको हो ।

नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका साथै नेपाली कला क्षेत्रको विकासमा योगदान गरेको भन्दै यो सम्मान प्रदान गरिएको आयोजक टिमका अध्यक्ष माधवराज खरेलले जानकारी दिनु भयो ।

कार्यक्रममा अछाम रामारोशन गा.पा. की उपाध्यक्ष सरस्वती रावल, ओम समाज डेन्टल अस्पतालका डा. सुवास घिमिरे, सान्ताज व्यूटि पार्लरकी शान्ता थापा, सर्वाङ अस्पतालका शुशिल खनाल, गीतकार एवं पत्रकार शान्तिप्रिय, पत्रकार विजय रत्न तुलाधर, नायक श्रीदेव भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

पावर ईन्टरनेशनल मिडियाको प्रस्तुती नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्डमा नेपाली सांगीतिक ईतिहासमा सवै भन्दा धेरै भाषा भाषीका कलाकारहरुको सहभागितामा हरेक बर्ष सम्पन्न हुने यो यो तेश्रो संस्करणको कार्यक्रम हो ।