Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

`ल ल भैगो´ भन्दै आए गितकार विमल ओझा

Monday, December 21, 2020 National Power

काभ्रेपलान्चोक – कोरोना र लकडाउनको प्रभावले निकै पछाडी परेको गित संगीत क्षेत्र फेरि उकालो तर्फ लागेको छ । आज भोलि नयाँ नयाँ गित बजारमा सार्वजनिक भैरहेका छन। सार्वजनिक भएका गित सबै चलेका छन भन्ने होइन धेरै गितहरु मध्य कुनै कुनै गितले निकै चर्चा कमाउने गरेको छ ।

पछिल्लो समयमा गित संगीत क्षेत्रमा निकै सक्रिय रुपमा देखिने युवा गितकार विमल ओझाको ‘ल ल भैगो‘’ शीर्षकको गीत र म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । निकै आशा लाग्दो र दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने गित रहेको ओझाले राम्रो सन्देश लाई जानकारी दिनु भयो ।

हेटौडा जन्मथलो भई अमेरिकाको भर्जिनिया बस्ने ओझाले मायामा हार्दा पनि जितको अनुभव हुन्छ भन्ने भावमा रचना गरेको गीतलाई सागर न्यौपानेले संगीत दिएका छन् ।

प्रेमिकालाई फकाउँदा आफू हार्नलाई पनि तयार भएको सन्देश दिंदै गीतले प्रेमी प्रेमिकाबीचको मनोभावनालाई देखाएको छ । सरल शब्दमा मायालाई प्रकट गर्ने प्रयास गरिएको यो गीतलाई शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वरले झनै आकर्षक बनाएको छ । यस गीतको म्युजिक भिडियोमा कलाकार सुरविना कार्की, देबेन्द्र बब्लुको मुख्य भूमिका रहेको छ ।  https://www.youtube.com/watch?v=1aMVgCSitXE