Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव

Friday, December 18, 2020 National Power

काठमाडौं- भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले नेपाललाई चीनबाट सावधान रहन सुझाव दिएका छन् । उनले श्रीलंकाबाट पाठ सिक्न भन्दै चीनबाट सावधानी अपनाउन सुझाव दिएका हुन् ।

‘नेपाल अन्तर्राष्ट्रिय मामलामा आफ्ना अभ्यासहरु छनोट गर्न स्वतन्त्र छ तर यस क्षेत्रका केही देशहरुसँग श्रीलंकालगायतले सम्झौतामा हस्ताक्षर गरेबाट पाठ सिक्नुपर्छ र सावधानी अपनाउनुपर्छ,’ जनरल रावतले सेन्टर फर ल्यान्ड वारफेयर स्डडिज र नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेशन एन्ड इन्गेजमेन्टको वार्षिक डाइलगलाई सम्बोधन गर्दै भने । रावतले नेपालले चीनलगायत केही देशहरुका लागि स्वतन्त्र विदेश नीति अन्र्तगत खुल्ला भइरहेको भन्दै भारत गम्भीर भएको सन्देश पनि दिए ।

‘स्वतन्त्र विदेश नीतिको आधारमा वर्तमान युगमा नेपाल चीनलगायत अन्य देशहरुका लागि खुलिरहेको छ,’ रावतले भनेका छन् । उनले नेपालसँगको शताब्दीऔं पुरानो प्रगाढ सम्बन्धको पनि उल्लेख गर्दै भारत पछिल्लो विकसित घटनाक्रमप्रति गम्भीर भएको सन्देश दिए । उनले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

भारतले लिपुलेक हुँदै सडकमार्ग खोलेपछि नेपालले त्यसमा आपत्ती जनाउँदै नयाँ नक्शा सार्वजनिक गरेपछि उत्पन्न परिस्थितिपछि जनरल रावतको भनाई बाहिर आएको हो । श्रीलंका चीनको ऋणमा डुबेको विषय अहिले चर्चामा रहेको छ । चीनले शुरु गरेको पूर्वाधार आयोजनाले कतिपय एशिया र अफ्रिकाका देशहरुलाई ऋणमा डुबाएको विषय सार्वजनिक भइरहेको छ । नेपालमा चीनले रणनीतिक सडकलगायत पूर्वाधार निर्माणमा सक्रियता बढाएकोमा नयाँ दिल्लीले आफ्नो स्वार्थविरुद्ध देखिरहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

भारतका निवर्तमान स्थल सेनाध्यक्ष समेत रहेका जनरल रावत त्यहाँको तीनवटै सेनालाई हेर्ने गरी मोदी सरकारले चिफ अफ डिफेन्स स्टाफको दरबन्दी खडा गरी नियुक्त गरिएका पहिलो सैनिक अधिकृत हुन् । भारतको सुरक्षा मामला हेर्ने महत्वपूर्ण भूमिका दिइएका छन् । उनले चीनको नामै तोकेर नेपाललाई सावधानी अपनाउन भन्नुलाई अर्थपूर्ण मानिएको छ ।