Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विश्वभर कोरोना संक्रमितको संख्या सात करोड ४५ लाख नाघ्यो

Thursday, December 17, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमित संख्या सात करोड ४५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म सात करोड ४५ लाख ३४ हजार एक सय ५५ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये १६ लाख २५ हजार दुई सय २६ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म पाँच करोड २३ लाख ७२ हजार पाँच सय ३४ जनाले कोरोना जितेका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा एक करोड ७३ लाख ९२ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको । त्यहाँ तीन लाख १४ हजार पाँच सय ७७ जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, भारतमा ९९ लाख, ५१ हजार ७२ संक्रमितमध्ये एक लाख ४४ हजार चार सय ८७ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमित संख्या अहिलेसम्म दुई लाख ५० हजार नौ सय १६ जना पुगेको छ । त्यसमध्ये दुई लाख ३८ हजार पाँच सय ६९ जनाले कोरोना जितेका छन । हालसम्म नेपालमा १७ सय ४३ जनाले कोरोना संक्रमणकै बेला ज्यान गुमाएका छन ।