एजेन्सी- अमेरिकामा आजबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन शुरु भएको छ । ३० लाख भ्याक्सिन पहिलो चरणमा लगाउन शुरु गरिएको हो ।
भ्याक्सिन जो कोहीले भने पाउनेछैनन् । शुरुमा वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको छ । यो फाइजर कम्पनिले विकास गरेको भ्याक्सिन हो जुन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ ।
पहिलो डज अमेरिकाको धेरै स्थानमा लगिएको छ । ती स्थानहरुमा धमाधम भ्याक्सिन लगाउन शुरु भएको छ । यसअघि फाइजर कम्पनिको कोरोनाविरुद्धको भ्याक्सिन बेलायतमा लगाउन शुरु गरिएको छ । धनी देशहरुमा धमाधम भ्याक्सिनको प्रयोग हुन थालेको छ ।
रुस भ्याक्सिन विकास र प्रयोग गर्ने पहिलो देश बनेको छ । त्यहाँ पनि भ्याक्सिन लगाउन शुरु भइसकेको छ ।