Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

लायन्स क्लव अफ काठमाडौं सिन्चित ३२५ एटु नेपालद्वारा रोशी गाउँपालिकामा जाडोको कपडा तथा व्हिल चेयर वितरण

Saturday, December 12, 2020 National Power

काभ्रे-लायन्स क्लव अफ काठमाडौं सिन्चित ३२५ एटु नेपालले काभ्रेमा जाडोको कपडा तथा व्हिल चेयर वितरण गरेको छ । नमोबुद्ध नगरपालिका चरगेफेदीमा तीनजना अशक्त व्यक्तिलाई व्हिल चियर वितरण गरिएको थियो भने रोशी गाउँपालिका–७मा रहेको गौतम आधारभूत निम्न माध्यमिक विद्यालयमा रहेका ८० जना विद्यार्थीलाई जाडोको कपडा, स्टेशनरीका साथै खाजा वितरण गरिएको हो ।

क्लवका अध्यक्ष तथा समाजसेवी राजेन्द्र बहादुर लामाले क्लबले पहिला पनि यस्ता कार्य गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप यो कार्यक्रम गरिएको बताउनुभयो । उक्त समारोहमा क्लब एरिया इन्चार्ज गोपाल न्यौपाने, जोन चेयर पर्सन मोहन मानन्धर, डिष्टिक चिफ शम्भुबहादुर थापा, समाजसेवी सुभाष न्यौपाने स्कुलका संचालक समितिका अध्यक्ष अनिल मुक्तान, वडा अध्यक्ष पोष्टराज गौतमलगायतको आत्यिता रहेको थियो ।

व्यक्तिगत रुपमा राजेन्द्रले सो स्कुलका दुई विद्यार्थीलाई निःशुल्क पढाइको जिम्मेबारी लिनुभएको छ भने पछि पनि दन्त चिकित्सक क्षेत्रमा उनीहरूलाई निःशुल्क पढाउने उहाँले जिम्मेबारी वहन गरेको बताउनुभयो ।