Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

ओलीले परिवर्तनविरोधीलाई परास्त गर्न  साझा रणनीतिको प्रस्ताव गर्ने

Tuesday, December 8, 2020 National Power

काठमाडौं- देश अहिले कोरोना भाइरसको महामारीमा छ । महामारीका बीच देशमा भएको राजनीतिक परिवर्तनमाथि चुनौती थपिएको छ । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतालाई उल्टाउने गरी सडकमा प्रदर्शनहरु हुन थालेका छन् ।

शुरुमा केही व्यक्तिहरु सडकमा ओर्लिएकोमा विस्तारै संगठित रुपमा राजावादीहरुको प्रदर्शन हुन थालेको छ । विभिन्न संस्थाका नाममा सडकमा ब्यानरसहित दिनहुँ प्रदर्शन हुँदै आएको छ । झापा, विराटनगर, जनकपुर, वीरगञ्ज, बुटवल, चितवन, धनगढीका अलावा काठमाडौंमा पनि उनीहरुले शक्ति प्रदर्शन गरेका छन् । प्रदर्शन फैलदो र बढ्दो भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चर्कदै जानु र कोरोना महामारीमा जनता मारमा पर्नुले वितृष्णा बढ्दा राजावादी बलियो हुँदै जानुले परिस्थितिमा बदलावहरु आउन थालेको छ । ओलीको सत्ता संकट अर्को चुनौती बनेको छ । आफ्नै दलभित्रबाट सत्ता संकट बढ्दा ओलीले विकल्पमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अर्को दल राष्ट्रिय जनता पार्टीसँग मिलेर जाने विकल्पबारे छलफल बढाएका छन् । उनले देउवासँग केही हप्ता अघि भेटवार्ता समेत गरेर सत्ता समिकरणको कुराकानी गरे ।

ओली चौतर्फी घेराबन्दीमा पर्दै जाँदा उनी स्वयं सत्ता संकट भोगिरहेका छन् । अर्कोतर्फ, राजनीतिक प्रणाली नै उल्टाउने गतिविधिहरु बढेको छ । यो गतिविधिविरुद्ध गणतन्त्र पक्षधरहरु एक हुने आवश्यकता महशुश गर्न थालेका छन् । अहिले ओलीविरोधीले उनका कारण गणतन्त्र धरापमा परेको आरोप लगाइरहेका छन् । अवस्था गम्भीर बन्दै गएपछि आरोप प्रत्यारोपभन्दा एकतावद्ध भएर जाने वातावरण तयार गर्न ओली सक्रिय भएका छन् ।

आज बस्ने सर्वदलीय बैठकमा गणतन्त्रको रक्षा र परिवर्तनविरोधीलाई परास्त गर्न ओलीले साझा रणनीतिको प्रस्ताव गर्ने बुझिएको छ । त्यो प्रस्ताव सबै मिलेर जाने खालको हुने निकट स्रोतले बताएको छ । राजनीतिक संकटसँगै ओलीको सत्ता संकट पार्टीभित्रै बढेको अवस्था छ । यसबीच उनले सर्वदलीय सरकार बनाउन सकिन्छ कि भनेर निकटस्थसँग परामर्श गरेको बुझिएको छ । विगतमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महामारीको अवस्था रहेको भन्दै यस्तै प्रस्ताव गरेका थिए । अहिले देशमा गणतन्त्रमाथि नै चुनौती बढ्दा सर्वदलीय सरकारको सम्भावना पनि देखिएको छ ।

ओलीले सकटसँग मिलेर बढ्न साझा धारणा बनाउने र आवश्यक परे आफ्नो नेतृत्वमा सर्वदलीय सरकार पनि बनाउनेतर्फ कुराकानी बढाउन सक्ने बुझिएको छ ।