Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुल्यो : परराष्ट्रमन्त्री

Friday, December 4, 2020 National Power

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणसँगै औपचारिक संवादको ढोका खुलेको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विदेश सचिवको भ्रमण तीन कारणले महत्वपूर्ण भएको बताए ।’ पहिलो, नक्सा प्रकाशन गरेपछि रोकिएको औपचारिक संवादको ढोका खुल्यो । दोस्रो, सीमा समस्यालाई नेपालले औपचारिक एजेण्डा बनाएर उठाएको छ र दुवै देश संवादबाटै समधान खोज्न तयार भएको छ,’ उनले भने ।

उनका अनुसार नेपाल र भारतका परराष्ट्र सचिव संयन्त्रको बैठक निकट भविष्यमा बस्नेछ र यसमा सीमा समस्यालाई जुन गम्भीरताका साथ उठाउनुपर्ने हो, नेपालले उठाउनेछ ।

तेस्रो, आगामी स्टेपहरु के भन्ने तय भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भने,’समस्याहरु समाधान गर्ने र सम्बन्धलाई बलियो बनाउने बाटोमा अगाडि बढेको विश्वास हामीले लिएका छौं ।’