Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विश्वभर कोरोना संक्रमणबाट १५ लाखको मृत्यु

Thursday, December 3, 2020 National Power

काठमाडौं,- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख पुगेको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख पुगेको हो ।

विश्वभर संक्रमितको संख्या ६ करोड ४८ लाख पुगेको छ । जसमध्ये ४ करोड ४९ लाख संक्रमणमुक्त भएका छन् । एक करोड ८४ लाख सक्रिय संक्रमित छन् ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा २ लाख ७९ लाखको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ एक करोड ४३ लाख संक्रमित संख्या छ ।

भारतमा ९ लाख ५३ हजार संक्रमित मध्ये एक लाख ३८ हजारको मृत्यु भएको छ । ब्राजिलमा ६४ लाख संक्रमितमध्ये एक लाख ७४ हजारको मृत्यु भएको छ । रुसमा २३ लाख संक्रमितमध्ये ४१ हजारको मृत्यु भएको छ । फ्रान्समा २२ लाख संक्रमितमध्ये ५३ हजारको मृत्यु भएको छ ।

नेपालमा २ लाख ३६ हजार २ सय ४६ संक्रमितमध्ये १५ सय ३८ को मृत्यु भएको छ ।