Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

अजय देवगनको १६ वर्ष पुरानो फिल्म रिलिज हुँदै

Wednesday, December 2, 2020 National Power

एजेन्सी- कोरोना भाइरसको कारण टिवी र ओटीटी प्लेटफर्ममा कन्टेन्टको माग बढीरहेको छ । एक नयाँ ट्रेन्ड पनि सुरु भएको छ, सिनेमाघर भन्दा पहिला नै रिलिज हुने । भर्खरै मात्र अनीस बज्मीको १० वर्ष पुरानो फिल्म ‘डट्स माई लाइफ’ टिवीमा रिलिज भयो जसमा हरमन बावेजा र जेनेलिया डिसुजाले लिड रोल निभाएका थिए । अब फेरि उनको पुरानो अर्को फिल्म रिलिज हुँदैछ ।

२००४ मा १६ वर्ष अगाडी अनीस र अजय देवगनले बनाएको फिल्म थियो, ‘नाम’ । यो फिल्म सस्पेन्स थ्रिलर थियो जसको नाम पहिला बेनाम थियो पछि नाम राखिएको हो । अजय देवगन चर्चित हुँदै जादा उनको यो फिल्म छायामा परेको थियो । २००८ र १३ मा रिलिज गर्ने प्रयास गरेपनि रिलिज हुन नसकेको फिल्ल अब रिलिज हुने खबर बाहिर आएको छ ।

यस फिल्ममा अजयसँग समीरा रेट्टी र भुमिका चावलाको अभिनय रहेको छ । यस फिल्ममा अजयले शानदार अभिनय गरेको निर्माणपक्षले बताएका छन् । फिल्मका प्रोड्युसर दिनेश पटेल हुन्, जसले अजयलाई फुल र कांटेमा मार्फत बलिउडमा प्रवेश गराएका थिए ।