Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

जर्मनीमा २० डिसेम्बरसम्म लकडाउन बढाइयो

Wednesday, December 2, 2020 National Power

एजेन्सी- विश्वभर बढ्दो कोरोना त्रासका बीच जर्मनीमा २० डिसेम्बरसम्मका लागि आंशिक लकडाउन बढाइएको छ । यसैगरी सामाजिक सम्पर्कलाई लिएर जारी प्रतिबन्धलाई जनवरीसम्म बढाउन सकिने बताइएको छ ।

फेडरल स्टेटका मिनिस्टर–प्रेसिडेन्टका साथ भएको मिटिङ पछि भर्चुअल कन्फरेन्समा चान्सलर एन्जेला मर्केलले यो कुराको जानकारी दिएकी हुन् । उनले भनिन्, यदि कोराना संक्रमणको संख्यामा कमी नआएमा हामीले प्रतिबन्धलाई जनवरीको सुरुवातसम्म बढाउन सक्ने विषयमा चर्चा भएको छ । जर्मनीमा हालसम्म करिब ९ लाख ८३ हजार संक्रमणका घटना सार्वजनिक भइसकेका छन्। जबकि १५ हजार मानिसहरुले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।

विश्वभरमा हालसम्म ६ करोड ७ लाख भन्दा अधिक मानिसहरु संक्रमित भइसकेका छन् । तीमध्ये करिब ४ करोड २० लाख मानिसहरु ठीक भइसकेका छन्, जबकि १४ लाख २६ हजार मानिसहरुले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।