Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

चिनियाँ रक्षामन्त्री काठमाडौं आउँदै

Sunday, November 29, 2020 National Power

काठमाडौं-  चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आज नेपाल आउँदैछन् । केही घण्टाका लागि काठमाडौं आउन लागेका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपयले अर्थपूर्ण ठानेका छन् ।

परराष्ट्र मन्त्रालयले उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेट गर्ने औपचारिक जानकारी गराएको छ । उनको ‘वर्किङ भिजिट’ भएकाले अन्य अनौपचारिक भेट पनि हुने अनुमान छ । तर भेटघाट र कार्यसूचिबारे चिनियाँ पक्षले केही पनि सार्वजनिक गरेको छैन ।

चिनियाँ रक्षामन्त्री फेङ्हे चार्टर्ड विमानबाट काठमाडौं आउन लागेका हुन् । उनी बिहान १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । विमानस्थलबाट उनी सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने छन् ।

त्यहाँ केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने छन् । सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् ।

सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल ९अफिस कल० गर्ने छन् । त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।

जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् । राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ