Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

कोरोनाविरुद्धको रुसी भ्याक्सिन अमेरिकी भ्याक्सिनभन्दा सस्तो पर्ने

Monday, November 23, 2020 National Power

एजेन्सी- रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अमेरिकामा उत्पादित भ्याक्सिनभन्दा सस्तो पर्ने भएको छ । स्पुतनिक भ्याक्सिन मोर्डना र फाइजर कम्पनिको भ्याक्सिनभन्दा सस्तो पर्ने भएको हो । रुसी भ्याक्सिन निर्माता गेमिलियाले स्पुतनिक भी को ट्वीटर एकाउन्टबाट आफ्नो भ्याक्सिन फाइजर र मोर्डनाको भ्याक्सिनभन्दा सस्तो पर्ने जनाएको हो । फाइजरको भ्याक्सिन दुई डजको ३७ डलर र मोर्डनाको ७४ डलर पर्न जाने समेत उल्लेख गरेको छ ।

भ्याक्सिन विकास भएको औपचारिक जानकारी हुँदा यसको मूल्यबारे समेत चासो बढेको छ । अहिलेसम्म फाइजर र मोर्डनाले विकास गरेको भ्याक्सिनको मूल्य सार्वजनिक भएको छ । स्पुतनिक भीको मूल्य नखुलाइएपनि अन्यको तुलनामा निकै सस्तो रहेको भनिएको छ । अक्सफोर्ड भ्याक्सिन पनि विकास भएको औपचारिक जानकारी आउन मात्र बाँकी छ । यसको मूल्य पनि खुलाइएको छैन ।