Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नजिक

Monday, November 23, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नजिक पुगेको छ । संक्रमित संख्याको वृद्धिदर बढेसँगै दैनिक सात हजारभन्दा बढीको मृत्यु हुनथालेपछि यो अवस्था बनेको हो ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार ५ सय ७१ पुगेको छ । कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ८३ हजार ५ सय ३१ पुगेको छ । जसमध्ये ४ करोड ७ लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड २५ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६२ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९१ लाख संक्रमितमध्ये एक लाख ३३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६० लाख संक्रमितमध्ये एक लाख ६९ हजारको मृत्यु भएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख ४० हजार संक्रमित संख्यामध्ये ४८ हजारको मृत्यु भइसकेको छ ।

रुसमा २० लाख ८९ हजार संक्रमितमध्ये ३६ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख ८९ हजार संक्रमितमध्ये ४२ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५५ हजारको मृत्यु भएको छ । इटालीमा १४ लाख संक्रमितमध्ये ४९ हजारको मृत्यु भएको छ ।