अमेरिका – सानो उमेरमै सबैको मन जित्न सफल प्रसिद्ध गायक प्रितम आचार्यको स्वर ,लोकप्रिय संगीतकार तथा गायक शशि बिक्रम थापाको संगीत ,गीतकार प्रभाकर देव शर्माको शब्दमा रहेको “म पागल सरि” गितको म्युजिक भिडियो अमेरिकामा एक कार्यक्रम बीच लोकार्पण तथा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
मुकेश अधिकारी, गोमा बास्कोटा, निश्चल अधिकारी, लिसा बास्तोलाको अभिनय रहेको उक्त भिडियोको निर्देशन चलचित्र निर्देशक रुपेश उप्रेतीले गरेका थिए् भने म्युजिक भिडियोको छायांकन र सम्पादन योगेन थापाले गरेका हुन् । म्युजिक भिडियोको छायांकन र विमोचन कार्यक्रम लगायतको ब्यबस्थापन तुला अधिकारीले हुन् भने एल डि बास्तोलाले भिडियोको निर्माण गरेका हुन् ।
ईन्टरनेशनल फ्रेन्डस् एण्ड वार रेष्टुरेन्ट, फायरफिल्ड ओहायो, अमेरिकामा एक कार्यक्रम बीच भिडियोको लोकार्पण ईन्टरनेशनल वेलफेयर एण्ड सर्पोट फाउन्डेशन अफ अमेरिका का सभापाति डिल्ली अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो भने उक्त भिडियोका निर्माता समेत रहेका एल डि बास्तोलाले कार्यक्रमको सभापतित्व गरेका थिए ।
कार्यक्रममा म्युजिक भिडियोका निर्देशक रुपेश उप्रेती र आयुष रिजालले म्यूजिक भिडियोको वारेमा आफ्नो मन्तव्य राखेका थिए । भिडियोमा ब्यबस्थापनको भूमिका समेत निर्वाह गरेका तुला अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा गायक प्रितम आचार्य, संगीतकार शशि बिक्रम थापा, गीतकार प्रभाकर देव शर्माले भिडियो मार्फत गीतका वारेमा आफ्ना सन्देश दिंदै निर्माण टिमलाई कार्यक्रमको सफलताको शुभकामना सन्देश समेत प्रवाह गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारीले बिदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने सवैलाई धन्यवाद प्रकट गर्दै नेपाली कलाकारिता क्षेत्र एवं गीत संगीत क्षेत्रलाई आफुले सक्ने र आफुवाट हुन सक्ने सहयोग पुर्याउने संधै प्रतिबद्धता रहेको वताएका थिए । म्युजिक भिडियो हाम्रो आफ्नै टिभी युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।