Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

‘अनलाईन डान्स कम्पिटिसन,२०२०’ को उपाधी सगुन श्रेष्ठ लाई

Thursday, November 12, 2020 Devil Singh Rajput

काठमाडौं — कार्तिक २६, २०७७।

ग्लोवल अनलाईन पे को प्रस्तुती तथा ईनोभेशन ईभेन्ट मेनेजमेन्टको आयोजनामा सम्पन्न ‘अनलाईन डान्स कम्पिटिसन,२०२०’ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । विश्वव्यापी आतंकको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गरी भौतिक दुरी कायम गर्दै बिजयीहरुलाई राजधानीको नयाँ बानेश्वरमा एक कार्यक्रमविच आयोजकले पुरस्कृत गरेका हुन् ।

घरबाटै नृत्य प्रतियोगितामा सहभागी भएर प्रथम हुने सगुन श्रेष्ठ, दोश्रो हुने अभिनव श्रेष्ठ , तेश्रो हुने गर्दिष्मा मल्ललाई पुरस्कृत गरिएको हो । यस्तै, उत्कृष्ट ६ भित्र पर्न सफल रहेका सदिक्षा पौडेल, सेरेना महर्जन र सिद्दार्थ श्रेष्ठलाई समेत सम्मानित गरिएको थियो।

विजेताले ‘अनलाईन डान्सिङ एण्ड सिङ्गिङ स्टार-२०२०’ को उपाधी सहित नगद रु १५,०००/-, द्धितिय हुनेले नगद रु १०,००/- र तृतिय हुनेले नगद रु ५,०००/- प्राप्त गरेकाछन भने अन्य उत्कृष्ट ६ भित्र पर्न सफल प्रतियोगीलाई सम्मान सहित प्रमानपत्र प्रदान गरिएको थियो।

उपाधीको लागि ग्लोबल अनलाईन पे मार्फत अनलाईन भोटिङ गरिएको उक्त कार्यक्रमको निर्णायक मण्डलमा नृत्य निर्देशक कमल राई, महेश केसी र स्वोजन रघुवंशी रहनु भएको थियो । नेपालभरबाट प्रतियोगितामा सहभागी रहेका प्रतिस्पर्धीहरुको लकडाउनको समयको सदुपयोग तथा प्रतिस्पर्धीहरुको नृत्य कला क्षमतालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्था ईनोभेशन ईभेन्ट मेनेजमेन्ट्का सिईओ महेश केसीले जनाए।

साथै ‘अनलाईन डान्स कम्पिटिसन,२०२०’ को सफल समापन पश्चात ‘फेमिली डान्स कम्पिटिसन,२०२०’ समेत सुरु भईसकेको आयोजक केसीले जनाएका छन ।