Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री

Tuesday, November 10, 2020 National Power

काठमाडौं-अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन निर्वाचित भइसके पनि आफ्नो हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् ।

केही दिनयता ट्रम्प र एस्परका फरक मत सार्वजनिक हुँदै आएका थिए ।अब नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मिलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ । एस्परलाई बर्खास्त गरेलगत्तै मिलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडनले पदभार ग्रहण नगर्दासम्म ट्रम्पले निर्णय गर्न पाउँछन् । बाइडनले आगामी जनवरी २० मा अमेरिकाको ४६ औं राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् ।