Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

फ्रान्समा लकडाउन स् पेरिस छाड्नेहरुको रेकर्ड ७०० किलोमिटर लामो ट्राफिक

Friday, October 30, 2020 National Power

एजेन्सी-फ्रान्समा राष्ट्रब्यापी लकडाउन लागू हुन केही समयअघि मात्र राजधानी पेरिस छाड्नेहरुको लर्को लागेको छ । बिहीबार साँझ कारहरुको ७ सय किलोमिटर लामो ट्राफिक देखिएको स्थानीय मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् ।

कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि शुक्रबार मध्यरातदेखि फ्रान्समा लकडाउन लागू भएको छ । नयाँ प्रतिबन्धअनुसार मानिसहरुलाई घरमा अत्वाश्यक काम र स्वास्थ्य कारणबाहेक घरमा नै बस्न भनिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले कोरोनाभाइरसको दोस्रो लहरले पहिलो लहरको तुलनामा पूरै देशलाई प्रभावित पार्ने खतरा रहेको बताएका छन् । अप्रिल यता फ्रान्समा कोरोनाभाइरसको कारण मर्नेको संख्या सबैभन्दा उच्च रहेको छ । बिहीबार थप ४७ हजार ६३७ संक्रमित थपिँदा २५० जनाले ज्यान गुमाएका छन् ।

फ्रेन्च मिडियाका अनुसार पेरिसका बासिन्दाहरु ग्रामिण क्षेत्रमा लकडाउन बिताउनका लागि सहर छाडेका छन् । गत मार्चमा पहिलो पटक लकडाउन लागू गर्दा पनि यस्तै दृश्य देखिएको थियो ।

केही क्षेत्रहरुका बासिन्दा त पेरिसबासीहरुसँग क्रुद्ध नै देखिएका थिए । ‘हामी सबैलाई घरमा बस्न भनिरहेका छौँ । तर, पेरिसबाट ४ हजार जना तपाईंको ठाउँ आउँदैछन् र त्यसमध्ये एक तिहाई थाहै नभइ संक्रमित छन् भने उनीहरुले संक्रमणलाई थप फैलाउने खतरा हुन्छ,’ स्थानीय पत्रिकामा एक जनाले विचार प्रस्तुत गरेका छन् ।

पहिलो लकडाउनका दौरान संक्रमणबाट पेरिस र उत्तर पूर्वीभाग बढी प्रभावित भएका थिए । तर, यसपटक देशका सबै भागमा संक्रमण फैलिएको छ ।

बीबीसी