Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

‘राख्न त राख जमरा आमा म आउन पाउँदिन भन्दैै बजारमा आइन रेखा

Friday, October 16, 2020 National Power

काठमाण्डौ-दशैंको पूर्व सन्ध्यामा एउटा मीठो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक कन्हैया सिंह तथा गायिका रेखा पौडेलको स्वर सुन्न सकिन्छ ।  गीतलाई रेखा पौडेले नै संगीतबद्ध गरेकी हुन् । ‘राख्न त राख जमरा, आमा म आउन पाउँदिन, संसारले दुःख बोकेको बेला म लाउन पाउँदिन‘’ गीतका शब्दहरु मर्मस्पर्शी छन् ।    दशैं–तिहारको समसामयिक मर्मस्पर्शी यो गीतका शब्दहरु बिमल गौतमले रचना गरेका हुन् । मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको यो गीतलाई कुमार राना मगरले मिकिस्ङ गरेका हुन् । गीतमा रत्न बिकेको बाँसुरीवाद तथा भुवन गन्धर्वको तबलावादन सुन्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन समीर लामाले गरेका हुन् ।