काठमाडौ – नजिकिदै गरेको नेपालिहरुको महान चाड बिजय दशमी तथा दिपावलिको पावन अबसरमा नेपाली गायक गायिका हरुले बर्सेनि चाडपर्वलाई लक्ष्यित पारी धेरै गितहरु बजारमा ल्याउने गर्दछन । यसै बिचमा दशैं तिहारलाइ लक्ष्यित पारी थ्री एस मिडिया हाउस नेपाल र रेडियो नगरकोटको संयोजनमा “`दशैंमा पर्खी नबस्नु आमा” ´ बोलको गित हालै बजारमा ल्याएका छन ।
चर्चित रियालिटी शो लोक स्टारमा चौथो स्थान हासिल गरेका गायक राम कुमार नेपालिको स्वरमा सजिएको उक्त गितमा नेपालकै पहिलो महिला चलचित्रमा संगीत गरेकी नेपाली महिला संगीतकार रेखा पौडेलले संगीत भरेकि छिन । समीर लामाले निर्देशन गरेको शो गितलाई सुन्दर श्रेष्ठले लेखेका हुन ,उक्त गितको छायांकन रेशम दर्लामिले गरेका छन भने अहिले संसारलाइ कोरोनाले छिया छिया अनि विक्षीप्त पारेको अवस्थालाई मध्यनजर राख्दै यसै घटना र अबस्थालाई आधार बिदेशमा बसेका नेपालीहरु प्रती समर्पित उक्त गितले दर्शक स्रोताको मन जित्नेमा ढुक्क देखिन्छ्न निर्देशक लामा ।
नयाँ तथा पुराना कलाकारहरुले अभिनय गरेको सो गितमा चर्चित हास्य टेलिसिरियल हर्के हल्दारका लाहुरे बा बिष्णु सापकोटा, सोही सिरियलका अर्का पात्रा शिव हरि नेपाल, झम्को इन्द्र दोङ खम्बेले पनि अभिनय गरेका छन । मुख्य भुमिकामा पवन खतिवडा, दिपक डोटेल, सोनि खत्री, लक्की शेर्पा र गेदेन शेर्पाले समेत भिडियोमा अभिनय गरेका छन ।