Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

‘मिस एसईई फेस अफ नेपाल,२०२०’ को उपाधी सेजल लम्सालको हातमा

Wednesday, October 14, 2020 Devil Singh Rajput

‘मिस एसईई फेस अफ नेपाल,२०२०’ को उपाधी सेजल लम्सालको हातमा
काठमाडौँ — एलई पेजेन्टरीद्धारा राजधानीमा हालै आयोजित ‘मिस एसईई फेस अफ नेपाल,२०२०’ को उपाधी सेजल लम्सालले जितेकी छिन् ।

चितवन घरभई हाल अस्थाई रुप्मा पोखरा बस्दै आएकी सेजलले उपाधिको साथमा विधागत तर्फको बेस्ट स्माईल अवार्डसंगै ‘मिस एसईई फेस अफ नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधी समेत जितेकी हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गर्दै भौतिक दुरी कायम गर्दै दक्षिणकाली भिलेज रिसोर्टमा सम्पन्न प्रतियोगितामा सम्पूर्ण थापाले फर्स्ट रनरअपको उपाधीसंगै विधागत तर्फको बेस्ट ड्रेस र पिपुल चोईस अवार्ड हात पार्न सफल भईन। त्यसैगरी प्रबिना कट्टेलले सेकेन्ड रनरअको उपाधी सहित विधागत तर्फको व्युटी विथ पर्पसको आवार्ड आफ्नो भागमा पार्न सफल भईन।

प्रतियोगितामा ग्लोबल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत अत्याधिक भोट प्राप्त गरि एन्जल पौडेलले टप पपुलरको उपाधी आफ्नो नाममा सुरक्षित गर्न सफल भईन। त्यसैगरी विधागत तर्फ अनिशा श्रेष्ठ बेस्ट ट्यालेन्ट र बेस्ट मोडल, मनिशा चिन्नाल बेस्ट वाक, प्रविन लिम्वू बेस्ट पर्सनालिटी, भेट्रान गौरव खड्का, रविना सिलवाल मस्ट फोटोजेनिक घोषित भए ।

त्रिलोक बिक्रम थापाको कोरियोग्राफी र सवल नकर्मीको कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा कोरियोग्राफर तथा मिस्टर सगरमाथा
सिजन-२ का बिजेता मोडल त्रिलोक बिक्रम थापा, सगरमाथा सिजन-२ की फर्स्ट रनरअप मोडल वर्षा भण्डारी र मिस प्लस टुकी बिजेता मिस युरेका निर्णायक रहेका थिए।

टेकुस्थित मसला कटेजमा करिव दुई हप्तासम्मको सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरी अन्तिम प्रतिस्पर्धामा सहभागी गराईएको थियो । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक जनक मगरले गराए।