Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा दुर्गाको ‘काले केटा २’

Wednesday, October 14, 2020 National Power

काठमाण्डौ – गायिका दुर्गा खरेलको स्वरमा रहेको गीत ‘काले केटा २’ युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा उक्लिएको छ । रिलिज भएको चार दिन नपुग्दै यस गीतले ट्रेण्डिङको शीर्ष स्थान कब्जा गर्न सफल भएको हो ।

सार्वजनिक गीतले १० लाख ७० हजार भ्युज पाइसकेको छ । भिडियोलाई लाइक गर्ने संख्या ५१ हजार रहेका छन् भने डिसलाइक गर्ने २ हजारमा सीमित छन् । भिडियोमा ११ हजार भन्दा बढि प्रतिक्रिया आएका छन् । धेरैले गीत तथा भिडियो उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् ।

‘म हिड्दा खेरी हिड्छ’ बोलको यस गीतमा गायक प्रताप दासले पनि स्वर दिएका छन् । अर्जुन पोखरेलले संगीत दिएको गीतको शब्द दुर्गाप्रसाद अम्गाईंले लेखेका हुन् ।

भिडियोमा अभिनेताद्वय पल शाह, आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा फिचर भएका छन् । विधान कार्कीको निर्देशनमा बनेको भिडियोका करियोग्राफर सुरेन्द्र बसेल हुन् । भिडियोलाई उत्साव दाहलले खिचेका हुन् भने विकाश दाहालले सम्पादन गरेका छन् ।