Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

रेजिनाले जितिन् मिस नेपाल एसईई २०२० को उपाधि

Tuesday, October 13, 2020 Devil Singh Rajput

शनिवार – सम्पदा गार्डेन रिसोर्ट, काठमाडौमा अभ्यानी प्रोडक्सनको आयोजना भएको ‘मिस नेपाल एसईई २०२०’ को उपाधि रेजिना लिम्बूले जितेकी छिन्। यसैगरी प्रतियोगीतामा फस्ट रनरअप सिल्भिया केसी बनिन् र सेकेन्ड रनरअपको उपाधि सुबिका पौडेलले हात पारिन्। कोभिड-१९ को बीचमा विभिन्न सुरक्षा सावधानी अपनाउँदै १० दिने रेसिडेन्सियल कार्यक्रम सम्पन्न भएको थियो।
प्रोभिन्सतर्फको उपाधिभने प्रोभिन्स ३ मा महिमा महतो, प्रेभिन्स १ को उपाधि रोमी राई र प्रोभिन्स ५ को उपाधि बिमिका थापा मगरले जितिन्।

‘मिस नेपाल एसईई २०२०’ को उपाधि जितेका विजेताहरुले उच्च शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्परहरु साथै विभिन्न पुरस्कारहरु हात पारे।विजेताले फिलिपिन्समा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टिन टुरिज्ममा प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी मिस पपुलरको उपाधि महिमा महतो, ब्युटि विथ परपोस सायक्सा सुनुवार तथा फेसन आइकनको उपाधि सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापा मगर, मिस भ्युअर्स च्वाइस सन्धया अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ सिखा आचार्य, मिस फ्रेन्डसिप प्रनिका राउतले हात पारिन्।

एसईई उत्तीर्ण किशारकिशोरीहरुको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगिता आयोजना गरिएको र एक महिनासम्म अनलाइन र १० दिनसम्म रेसिडेन्टियलरुपमा व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा इभेन्ट कोरियोग्राफर पवन आचार्यले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि राप्रपा पुर्व प्रवक्ता तथा उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य गोविन्दराज खनिया हुनुहुन्थयो भने निर्णायकको भुमिकामा फेसन केरियोग्राफर , मोडल तथा नायक मिस्टर मोडल अफ द वोर्लड दिक्पाल कार्की, मोटिभेनसनल स्पिकर तथा युवाका ढुकढुकी रोहित मल्ल र मिस नेपाल एसईई तथा मोडल पायल गुरुड़ रहनुभएको थियो। प्रतियोगिकाको कोरियोग्राफर रुपमा पवन आचार्य रहेका थिए। कार्यक्रम प्रस्तोताको भूमिकामा प्रोजेक्ट डाइरेकटर अनिकेत अधिकारी रहनुभएको थियो र कार्यक्रमको मुख्य व्यवस्थापक सिमोन पण्डित रहेकी थिइन्।

प्रतियोगीको मुख्य सहयोगी संस्था एस्. पि. एम कृयशन, चान्डवाग स्कुल, आरोग्य नेपाल, सिम्पान, गो प्रिटि नेपाल, द सेलिव्रटि टाइम्स, ग्लोबल अनलाइन पे, थ्रि एम, ग्रेस इन्टरनेसनल थिए भने ड्रेस डिजाइनरको भूमिकामा सिमोन पण्डित रहेकी थिइन भने कार्यक्रमको अध्यक्षता अभ्यानी प्रोडकसनका सिइओ अभिविन्द खनियाले गर्नुभएको थियो।