Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

काँग्रेसका ७ केन्द्रीय सदस्यमा कोरोना देखिएपछि केन्द्रीय समिति बैठक स्थगित

Sunday, October 4, 2020 National Power

काठमाडौं – नेपाली काँग्रेसका ७ केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको छ। काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेले सोमबारको बैठक असोज २५ गते बस्नेगरी स्थगित गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परिक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठमा कोरोना संक्रमण देखिएको छ । यस्तै अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्ति तथा काठमाडौं बाहिर परीक्षण गराएकाकेन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना पुष्टि भएको पौडेलले जानकारी दिए ।

‘कोभिड—१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।काँग्रेसले कोभिड—१९ पोजिटिभ देखिएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शीघ्र संक्रमण मुक्तिका लागि कामना गरेको छ ।