Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

४९ वर्षमा पनि ग्ल्यामरस र फेसनेवल छिन् तब्बु

Saturday, October 3, 2020 National Power

एजेन्सी – दुई कुराले बलिउड अभिनेत्री तब्बुको प्रशंशा हुन्छ– जोडदार अभिनय अनि फेसनेवल लुक्स । तब्बुका फ्यानहरु उनको फरक फेसन सेन्सका पनि पारखी हुन् । अवार्ड कार्यक्रमदेखि अन्य समारोहहरुमा पनि तब्बुका स्टाइलिश र फेसनेवल लुक्सले धेरैको ध्यान आकर्षित गर्छ ।

४९ वर्षकी तब्बु परम्परागत कपडादेखि वेस्टर्न आउटफिटमा पनि उत्तिकै आकर्षक लाग्छिन् । त्यस्तै, उनी आफ्नो छालाको विशेष स्याहार गर्छिन् । माथिको तस्विरमा तब्बुले लाइट कलरको सर्ट ड्रेस लगाएको देखिन्छ, अफ सोल्डर सर्ट ड्रेसमा उनी निकै सुन्दर देखिन्छिन् । उनी लाइट मेकअप लगाउन रुचाउँछिन् । लाइट लिपिस्टिक र सिमरी आईस्याडो उनलाई सुहाउँछ । तपाई पनि यस्तै लुक्स बनाउन सक्नुहुन्छ ।

तब्बु सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन् । इन्स्टाग्राममा आफ्ना फेसनेबल फोटो र भिडियो शेयर गर्छिन् । सन् १९८५ मा देवानन्दको हम नौजवान नामक फिल्ममा बालकलाकारको भूमिका निभाउँदै बलिउड तब्बुले बलिउड यात्रा थालेकी थिइन् । मुख्य भूमिकामा उनले अभिनय गरेको पहिलो फिल्म १९९१ मा प्रदर्शित कुली नम्बर वान हो ।

बीबी नम्बर वान, हम साथ साथ हैं, विरासत, चाँदनी बार, मकबुल, द नेमसेक, चिनी कम, दृश्यम्, अन्धाधुनलगायत उनका हिट चलचित्र हुन् । उनले दुई राष्ट्रिय फिल्म अवार्डस्, ६ वटा फिल्मफेयर अवार्ड र किर्तिमानी रुपमा चारपटक फिल्मफेयर उत्कृष्ट अभिनेत्री ९क्रिटिक्स० अवार्ड जितेकी छिन् । २०११ मा भारत सरकारले उनलाई पद्म श्री अवार्डबाट विभूषित गरेको थियो ।