काठमाण्डौ – गायक तथा संगीतकार सन्जिब कुमार पौडेलले आफ्नै सङ्गीत तथा स्वरमा नेपालीहरुको महाना चाड विजया दशमी तथा शुभदिपावलीलाई लक्षित गरि निकैनै मार्मिक गीत धानको वाला को भिडियो सार्वजनिक गरेका छन् । गीत डिपि भरेली ले रचना गरेका हुन् । यसको भिडियो पौडेलको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ ।
दशैँ तिहार आए संगै गाउघरमा आउने खुशीयालीको वर्णन गर्दै उनले खेतमा लहराईरहेका धानका बाला र आगनीमा फुलेका मखमली सयपत्रीले ल्याएको शुन्दरतालाई निकै मार्मिक ढङ्ले प्रस्तुत गरेका छन ।
दशैँ तिहारले ल्याउने खुशीयालीलाई समेटेको यो गीतको भिडियो राजेश घिमिरेको छायाङ्कन तथा दिपक विष्टको सम्पादनमा तयार भएको हो निकै । मार्मिक शन्देश बोकेको यस गीतमा काजिस श्रेष्ठको निर्देशन रहेको छ भने, भिडियोमा काजिस, श्रेष्ठ लोमस शर्मा,अर्जुन गौतम, फारिता खड्का,परिमीता राजघटानी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ ।