Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

शिक्षामन्त्री पोखरेलसँग प्रधानमन्त्री ओली रुष्ट

Wednesday, September 23, 2020 National Power

काठमाडौं- शिक्षामन्त्री गिरिराजमणि पोखरेलको एउटा कदम र अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली आलोचित भएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी नेपालको नयाँ नक्शासहितको पुस्तक वितरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्न निर्देशन दिएको बताएपछि ओलीको आलोचना हुनथालेको छ । यसमा पोखरेलले ओलीलाई विवादमा पारिदिए ।

पाठ्यक्रममा भारतसँगको कुटनीतिक मर्यादाको प्रश्न उठ्ने सम्मको विषय समेत समेटेर राख्दा यसलाई रोक्न सरकार वाध्य भएको बुझिएको छ । तर, पोखरेलले अपजसबाट उम्कन दोष सिधै प्रधानमन्त्री ओलीतर्फ तेर्साइदिए ।

प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समावेश गरिएको नेपालको नयाँ नक्शा जारी गरेको जस लिएर राष्ट्रवादी पहिचान बनाएकोमा पोखरेलको अभिव्यक्तिले शंका जन्माइदिएको छ । नयाँ नक्शासहितको विवरण भएको पुस्तक वितरण रोक्न लगाएको भनी सम्बन्धित मन्त्रीले नै अभिव्यक्ति दिएपछि बालुवाटार समेत समस्यामा परेको छ । यसलाई शिक्षामन्त्रीको अपरिपक्वता र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै उनलाई कारबाहीको तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । उनको भुमिका र अभिव्यक्तिका कारण प्रधानमन्त्री ओली रुष्ट भएको बुझिएको छ । ओलीले कुनैपनि बेला शिक्षामन्त्री पोखरेललाई हटाउने सक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

पुस्तकमा नेपालको क्षेत्रफल समावेश भएको र त्यो अमिल्दो रहेको कारण तत्काल रोक्न भनिएको जनाइएको छ । तर, कुटनीतिक मर्यादामा आँच आउने खालका शब्दहरु समावेश भएकाले यसलाई रोक्न लगाइएको बुझिएको छ । पाठ्यक्रम तयार गर्ने विज्ञहरुले केही शब्द पूर्वाग्रही भएर राखेको विषय समेतमा बालुवाटारले चासो राखेको बुझिएको छ ।

कुनैपनि देशको पाठ्यक्रममा अर्को देशलाई होच्याउने या द्वेष फैलाउने विषय समावेश गरिदैन । विवादास्पत विषयहरु पनि पाठ्य सामाग्रीमा राख्ने प्रचलन छैन । यो विषय बालुवाटारमा गम्भीरताका साथ उठेको बुझिएको छ ।