Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

शिक्षामन्त्री पोखरेलसँग प्रधानमन्त्री ओली रुष्ट

Wednesday, September 23, 2020 National Power

काठमाडौं- शिक्षामन्त्री गिरिराजमणि पोखरेलको एउटा कदम र अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली आलोचित भएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी नेपालको नयाँ नक्शासहितको पुस्तक वितरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्न निर्देशन दिएको बताएपछि ओलीको आलोचना हुनथालेको छ । यसमा पोखरेलले ओलीलाई विवादमा पारिदिए ।

पाठ्यक्रममा भारतसँगको कुटनीतिक मर्यादाको प्रश्न उठ्ने सम्मको विषय समेत समेटेर राख्दा यसलाई रोक्न सरकार वाध्य भएको बुझिएको छ । तर, पोखरेलले अपजसबाट उम्कन दोष सिधै प्रधानमन्त्री ओलीतर्फ तेर्साइदिए ।

प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समावेश गरिएको नेपालको नयाँ नक्शा जारी गरेको जस लिएर राष्ट्रवादी पहिचान बनाएकोमा पोखरेलको अभिव्यक्तिले शंका जन्माइदिएको छ । नयाँ नक्शासहितको विवरण भएको पुस्तक वितरण रोक्न लगाएको भनी सम्बन्धित मन्त्रीले नै अभिव्यक्ति दिएपछि बालुवाटार समेत समस्यामा परेको छ । यसलाई शिक्षामन्त्रीको अपरिपक्वता र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै उनलाई कारबाहीको तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । उनको भुमिका र अभिव्यक्तिका कारण प्रधानमन्त्री ओली रुष्ट भएको बुझिएको छ । ओलीले कुनैपनि बेला शिक्षामन्त्री पोखरेललाई हटाउने सक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

पुस्तकमा नेपालको क्षेत्रफल समावेश भएको र त्यो अमिल्दो रहेको कारण तत्काल रोक्न भनिएको जनाइएको छ । तर, कुटनीतिक मर्यादामा आँच आउने खालका शब्दहरु समावेश भएकाले यसलाई रोक्न लगाइएको बुझिएको छ । पाठ्यक्रम तयार गर्ने विज्ञहरुले केही शब्द पूर्वाग्रही भएर राखेको विषय समेतमा बालुवाटारले चासो राखेको बुझिएको छ ।

कुनैपनि देशको पाठ्यक्रममा अर्को देशलाई होच्याउने या द्वेष फैलाउने विषय समावेश गरिदैन । विवादास्पत विषयहरु पनि पाठ्य सामाग्रीमा राख्ने प्रचलन छैन । यो विषय बालुवाटारमा गम्भीरताका साथ उठेको बुझिएको छ ।