Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दीपिका पादुकोणको ड्रग्समा नाम मुछिएपछि भाइरल भए यस्ता थुप्रै तस्बिर, ट्वीटरमा प्रतिबन्ध गर्न माग

Wednesday, September 23, 2020 National Power

एजेन्सी-दिवंगत नायक सुशान्त सिंह राजपूत हत्या मामिलामा थुप्रै कोणबाट अनुसन्धान चलिरहेको छ । उनको निधन भएको तीन महिना बितिसकेको छ । यी तीन महिनामा यस्ता थुप्रै कुरा सार्वजनिक भएका छन् जुन निकै अचम्मित गरिदिने किसिमको छ । यीमध्ये सबैभन्दा चर्चाको विषयमा बन्यो त्यो हो ड्रग्स एंगल ।

सुशान्तबारे भएको अनुसन्धानले बलिउडमा ड्रग्स केसका विभिन्न पत्र खुल्दै गइरहेको छ । यो मामिलामा सुरुमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको नाम आयो । यसैबीच नायिका दीपिका पादुकोणको नाम पनि यसमा मुछिएको छ, जसले धेरैलाई अचम्मित तुल्यायो । यस्तै अब यतिबेला ट्वीटरमा दीपिका पादुकोणलाई प्रतिबन्ध गर्नुपर्ने माग गरिएको छ र उनीसँग सम्बन्धित थुप्रै मीम्स भाइरल भइरहेका छन् ।