Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

६ महिनापछि आन्तरिक उडान शुरु

Monday, September 21, 2020 National Power

काठमाडौं- ६ महिना रोकिएको आन्तरिक उडान आजबाट शुरु भएको छ । नेपाल एयरलाइन्सले पहिलो उडान भरेको छ ।

पहिलो दिन नै आन्तरिक हवाई यात्राका लागि बुकिङ उत्साहजनक रहेको बताइएको छ । नेपाल एयरलाइन्सका अलावा निजी हवाई सेवाका यती एयरलाइन्सलगायतले उडान शुरु गरेका छन् ।

उडान भर्न र यात्रा गर्न स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य शतर्कता अपनाएर शुरु गरिएको उडानमा यात्रु उत्साही भएका छन् ।

कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी उडान बन्द गरिएकोमा सरकारले आजबाट शुरु गर्ने निर्णय गरेको थियो ।