Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

जया बच्चनलाई रवि किशनको जवाफ

Friday, September 18, 2020 National Power

एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नातावादको बहस धेरै चर्किएको छ । रियालाई गिरफ्तार गरेपछि लागुऔषधको प्रयोग गर्ने बलिउड कर्मी देखि अन्य मानिसको लुकेको पाटो छर्लङ्ग भएको छ । यो मुद्दाले राजनितिमा पनि छोएको छ । अभिनेता तथा सांसद रवि किशनले ड्रग्सको अन्त्य गर्नुपर्ने भनेसँगै जया बच्चन आक्रोशित भएकी थिइन् ।

जयाले रिव किशनको मागमा केही व्यक्तिको कारण सिंगो बलिउडको छवि दुषित गर्न मिल्दैन भन्दै रविलाई जुन थालमा खायो त्यहि थालमा थुक्न मिल्दैन भनेकी थिइन् ।

जया बच्चनलाई रवि किशनले ट्विटर मार्फत जवाफ दिएका छन् । ट्विटरमा लेखेका छन्, ‘जुन थालमा विष छ त्यो थालमा प्वाल पार्ने पर्छ । राजनिजिज्ञ र कलाकारले यसमा सहयोग गर्नुपर्छ । जयाजीको समयमा विषादी मिसीएको थिएन । हाल बलिउड उद्योगमा महान पिढीहरु लागुऔधको चपेटामा परिरहेका छन् । हामीले उनीहरुलाई सुरक्षित गर्नुपर्छ ।’