Monday 4th November 2024

    ५० प्रतिशत सेयर र निःशुल्क प्रोमोको सुविधा पाउन निर्माता संघको सदस्य हुनै पर्ने    सरकार ढल्ने दिवा सपना नदेखे हुन्छः प्रधानमन्त्री    कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारी गर्दै नेकपा (माओवादी केन्द्र)    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु

काभ्रेको बनेपामा फुड बैंक, हुनेले खाना दिएर जाऔं र नहुनेले खाना लिएर जाऔँ

Wednesday, September 16, 2020 National Power

 अरबिन्द्र गौतम / नयाँबस्ती  काभ्रेपलान्चोक – बनेपाको लायकु क्लबले संचालन गर्यो फुड बैंक लकडाउनमा कोहिपनि भोकै बस्नु नपरोस् भन्ने उदेश्यका साथ लायकु क्लब बनेपाले फुड बैंक संचालनमा ल्याएको छ । हुनेले खाना दिएर जाऔं र नहुनेले खाना लिएर जाऔँ भन्ने नाराका साथ लायकु क्लब बनेपाले फुड बैंक बुधबारदेखी संचालनमा ल्याएको हो ।

क्लबको राहत वितरण (food bank) कार्यमा बनेपा नगरपालिकाको प्रमुख मेयर लक्ष्मी नरसिंह बादेको उपस्थितिमा आज कार्यक्रमको सुभारम्भ गरेको थियो । राहत वितरण कार्यमा ५० घर परिवारले राहत लगेका थिए ।

लायकु क्लब बनेपाले आफ्नै क्लब अगाडि लायकु चौरमा दाल, चामल, नुन, तेल ,चिनी , साबुन, बिस्कुट, चाउचाउ र सोयाबिन राखीएको छ । निम्न आय भएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारलाई कोरोना संक्रमणका कारण भएको लकडाउन समस्यामा परेपछि कोहिपनि भोकै बस्नु नपरोस् भनेर लायकु क्लब बनेपाले यस्तो अभियान संचालन गरेको लायकु क्लब बनेपाका अध्यक्ष बिक्रम प्रजापतिले बताए ।

उनको अनुसार हालसम्म ११ जनाले दिएर सहयोग गरेका छन् भने आज मात्रै ५० जनाले उक्त खाद्य सामग्री लिएर गएका छन् । प्रति परिवारले एक पटकमा एक पोका तेल, एक पोका चिनी , पाँच केजी चामल, एक पाउ सोयाविन, १ पोका नुन, १ पोका तेल र १, १ पोका बिस्कुट चाउचाउ साबुन लान पाउनेछन् । यो अभियान निकै प्रभावकारी भएको लायकु जुनियर क्लबका अध्यक्ष एवम् लायकु क्लबको सदस्य अनिश प्रजापतिले नव क्षितिज साप्ताहिकका अरविन्द्र गौतमलाई जानकारी दिए ।

बनेपा नगरपालिका प्रमुख बादेले अभियानको प्रशंसा गर्दै देशभरका युवा क्लबहरुलाई आआफ्नो स्थानमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न समेत अपिल गरेका छन् ।

अन्तमा लायकु क्लब बनेपाको सिनियर र जुनियर अध्यक्षहरुले सम्पुर्ण सहयोगी दाताहरु लाई धेरै धेरै धन्यवाद दिदै सबै दुखी पीडितहरु लाई दिन अझै सहयोगी मनहरु लाई क्लबमा आएर सहयोग गर्न हार्दिक अपिल गरेको छ ।

उनको अनुसार हालसम्म ११ जनाले दिएर सहयोग गरेका छन् भने आज मात्रै ५० जनाले उक्त खाद्य सामग्री लिएर गएका छन् । प्रति परिवारले एक पटकमा एक पोका तेल, पाँच केजी चामल, एक पाउ सोयाविन, १ पोका नुन, १ पोका तेल र १, १ पोका बिस्कुट चाउचाउ साबुन लान पाउनेछन् । यो अभियान निकै प्रभावकारी भएको लायकु जुनियर क्लबका अध्यक्ष एवम् लायकु क्लबको सदस्य अनिश प्रजापतिले नव क्षितिज साप्ताहिकका अरविन्द्र गौतमलाई जानकारी दिए ।

बनेपा नगरपालिका प्रमुख बादेले अभियानको प्रशंसा गर्दै देशभरका युवा क्लबहरुलाई आआफ्नो स्थानमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न समेत अपिल गरेका छन् ।

अन्तमा लायकु क्लब बनेपाको सिनियर र जुनियर अध्यक्षहरुले सम्पुर्ण सहयोगी दाताहरु लाई धेरै धेरै धन्यवाद दिदै सबै दुखी पीडितहरु लाई दिन अझै सहयोगी मनहरु लाई क्लबमा आएर सहयोग गर्न हार्दिक अपिल गरेको छ ।