Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

कंगनाद्वारा मुम्बई छाड्ने घोषणा

Monday, September 14, 2020 National Power

एजेन्सी-  बलिउड स्टार कंगना रनौटले मुम्बई छाड्ने घोषणा गरेकी छिन् । आफूलाई आतंकति पार्ने क्रियाकलाप भरहेको भन्दै उनले मुम्बई छाड्ने घोषणा गरेकी हुन् ।

महाराष्ट्रको सरकार चलाइरहेको शिवसेनासँग द्वन्द्व चलेपछि कंगनाले गह्रुंगो छाति बनाएर मुम्बई छाड्न लागेको घोषणा गरेकी हुन् । उनले केही समय अघि मुम्बईलाई पाकिस्तान शासित काश्मिरको संज्ञा दिएकी थिइन् ।

कंगनाको बंगला अतिक्रमण गरी निर्माण गरेको भन्दै भत्काइएको थियो । अदालतको आदेशले रोकिएको थियो ।

यसैगरी, कंगनाले महाराष्ट्र राज्यका गभर्नर भगतसिंह कोशियारीलाई भेटेर आफ्नो भनाई राखेकी छिन् । कंगनामाथि धम्की दिइएपछि वाइ प्लस सुरक्षा दिइएको छ । उक्त सुरक्षामा दशजना सुरक्षाकर्मी छन् ।