Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

तिनधारे झर्ना चर्चामा आएपछि दुई गाउँपालिका बीच विवाद बढयो

Monday, September 14, 2020 National Power

जनक खड्का / सुशील सैजु     काभ्रेपलान्चोक – आहिले सबैको चासोको बिषय रहेको काभ्रेको तिनधारे झरना देश भित्र लुकेको प्राकृतिक सुन्दरताको एक उदाहरण हो । सामाजिक सन्जाल, टिकटक, युटुब र अनलाइन समाचारमा यस झर्नाले महत्त्वपूर्ण स्थान पाएको छ

तीनधारे झरनालाई धेरैले बहु प्रठिस्ठित चलचित्र बाहुबलीमा भएको एउटा झर्नाको सिनसँग दाजेको छन । तर त्यो चलचित्रमा भिडियो अनिमेसन गरेर तयार परियको थियो यो हाम्रो देशमा रहेको तिनधारे झर्ना प्राकृति हो । र छन पनि उक्त चलचित्रको मनमोहक दृश्यसँग मिल्न जान्छ ।

हिजोआज प्रत्येक दिन हजारौको सख्यामा उक्त झरना हेर्न जाने गर्दछन । काभ्रेको बनेपा बाट ३० किलोमिटर टाढा रहेको उक्त झर्ना दाप्चा हुँदै जान सकिन्छ। झर्ना चर्चामा नआउदा सम्म कसैलाई ठाउँको नाम समेत थाहा थिएन । सुबिधाको हिसाबले काभ्रेको दुर्गम क्षेत्रमा पर्ने रोशी गाउँपालिका, र भुसुने डाडा नजिकै पर्ने तिन धारे झरना महाभारत लेक जाने बाटोमा पर्छ।

१५ दिनमा नै ५० हजार भन्दा बढी ब्यक्तिहरु उक्त झर्ना हेर्नको लागि गैसकेका छन। पर्यटकको चाप र हेर्न आउनेको धुइरोले गर्दा आहिले दुई गाउँपालिका नै तनाब ग्रस्त स्थितिमा छन । हिजो आज मात्रै बेथानचोक गाउँपलिकाको जनताले आफ्नो क्षेत्रमा उक्त झर्ना परेको दाबी गर्दै आएका छन ।

यस्तै रोशी गाउँपलिकाको २ नं वडाले आहिले उक्त झरना र अबलोकन कर्तालाई ब्यबस्थित गर्दै आएको छ । र यो रोशी गाउँपालिकाको २ नं वडामा नै पर्दछ भन्दै आएकोमा आजभोलि धेरै मानिसहरुले यो बेथानचोकमा पर्ने दाबी गरेका छन । आधार बिना अहिले सामाजिक सन्जालमा बेथानचोक गाउँपालिकामा उक्त झरना परेको छ भन्ने कुराको अपबाह फैलाउनुइ लाई दुई गाउ पालिकाको जनता बिच बिद्रोह हुने कुरा रोशि गाउँपलिकाको जनताले बताएका छन ।

अली बिकट क्षेत्रमा पर्ने उक्त झर्ना आजको दिन सम्म कसैले प्रचार गरेन आहिले आफ्नो छेत्रमा दाबी गर्नुलाई सामाजिक खलल पुग्ने र आफ्नो स्वाभिमानमा चोट पुग्ने कुरा स्थानीयहरुको बताए ।

आहिले एउटा समुह नै लागेको छ जो तिनधारे झरनालाई बेथानचोक गाउँपालिका मै पर्छ भनेर सामाजिक सन्जालमा सक्रिय छन । तर पनि बेथानचोक गाउँपालिका बाट कुनै पनि अधिकारिक धारणा भने आइसकेको छैन। यदि यसो हो भने के हेरेर बस्दै छ बेथानचोक गाउँपालिका यसरी आफ्नो गाउँपालिकामा पर्छ भनेर दाबी गर्दै आएका ती मानिसहरु हिडिरहेको बेलामा गाउँपालिकाले केही गर्ने सकेको छैन ।    MVI_0097

साबिक शिखर आम्बोटे गाबिस मा पर्ने उक्त झर्ना बेथानचोक गाउँपालिकाले आफ्नो भन्नु लाई तर्कपूर्ण मानिदैन । लामो समय सम्म गुमनाम भएको यो क्षेत्र अहिले आएर ठुलो सम्भब्यताको क्षेत्र भएको छ।

यसरी लुकेका प्राकृतिक सम्भब्यताको खोजी गरी प्रचारमा ल्याउन सकेमा ग्रामीण भेगको बिकास हुन्छ भन्ने एउटा उदाहरण तिन धारे झरना हो । यसरि एक्कासि चर्चामा आएपछि दुई गाउँपालिकाको मानिसहरु आ- आफ्नो गाउँपालिकामा पर्दै आएको भनेर दाबी गर्दै आएका छन ।      https://youtu.be/jiuBiqEdxYU  https://youtu.be/UN-Z-bp4RLU