Friday 4th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

चुनाव हारेका नेताको जनमुखी काम !

Sunday, September 13, 2020 National Power

काठमाण्डौ – चुनावको मुखमा मात्र जनताको निम्ती सोच्ने हाम्रा नेताहरु अरुबेला न जन सम्पर्कमा आउछन न न कुनै काम गर्छन्। चुनाव जिते आफ्नो र आफ्नो ७ पुस्तालाई कसरी कमाउने भन्नेमा ध्यान र हारे जनताको काम मेरो काम नै होइन भन्ने परम्परामा हुर्कियको छ नेपाली राजनीती । तर यो परम्परा तोड्न अघी सरेका छन ललितपुरका एक नेता महेस खड्का ।
जनताको घर घर पुगेर चिया गफ मात्र गर्दा पनी जनस्तरको आवस्यकता र समस्या सजिलै बुझिने रहेछ भन्दै नेता महेस खड्काले राजनीति गर्न केन्द्र ताकेर होइन जनता जनार्दनको पिर र मर्कालाई शिरमा राखेर हिंड्नु पर्छ भन्ने आफुले सिकेको बताय ।
महालक्ष्मी नगरपालिका वडा न ९ मा ब्यबस्थित हुँदै गरेको एक सामुदायिक पार्क ब्यबस्थापनमा जुट्दै गरेको अवस्थामा भेटियका खड्का २१४ रोपनिमा बनेको स्थानिय डाडा थोक सामुदायिक पार्कलाई ब्यबस्थित गरेर पर्यटकिय रुपमा बिकशित भयको देख्ने चाहना बोकेर स्थानिय क्लबहरु सँग सहकार्य गरी काम गरिरहेका छन खड्काले ।
लुभु लामाटार बाट करिब ३ किलोमिटर भित्र रहेको यो सामुदायिक पार्कमा खेल मैदान,पार्टि भोज गर्ने पर्याप्त ठाउँ, मृत्‍यु सस्कार पुरा गर्ने ठाउँ,लगायत हरियाली र सुन्दर बातावरणको मनोरमतामा मन बहलाउन सकिने गरी यो ठाउलाई बिकसित गरियको छ।

लाखौं रकम खर्च भैंसकेको यो सामुदायिक पार्कलाई सरकारको तर्फबाट कुनै सहयोग नभयपनी ईच्चा र जनसहभागीतामा असम्भबलाई सम्भब गरेर देखाउने प्रण गरेको उनले बताय । अघिल्लो निर्वाचनमा पराजित नेता खड्का नेपाली कांग्रेश पार्टिको तर्फबाट महालक्ष्मी नगरपालिका ललितपुरको छेत्रीय सभापती हुन ।