Monday 7th October 2024

    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक

गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९०३

Sunday, September 13, 2020 National Power

कास्की-गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ९०३ पुगेको छ । प्रदेशमा हालसम्म ५५ हजार ७३७ जनाको पिसीआर परीक्षण गरिएकामा ५२ हजार ८३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा सङ्क्रमित भएकामध्ये एक हजार ८४९ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या एक हजार ३० रहेको छ ।

कोरोना सङ्क्रमणका कारण हालसम्म २४ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७५७ को पिसीआर परीक्षण गरिएकामा ६८२ को रिपोर्ट नेगेटिभ आएको छ भने ७५ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३७ जना निको भएका छन् । प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्रमा पिसीआर परीक्षण भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।