Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

प्रहरी कार्यालय अगाडि नै हवल्दारमाथि चक्कु प्रहार

Sunday, September 13, 2020 National Power

दाङ-घोराही । जिल्ला प्रहरी कार्यालय दाङ अगाडि प्रहरी हवल्दार खडक खत्रीमाथि चक्कु प्रहार भएको छ । गएराति जिप्रका अगाडिकै होटलमा प्रहरी हवल्दार ४० वर्षीय खत्री र होटल साहुनीबीच विवाद भएको थियो । विवादकै क्रममा होटल साहुनीले हवल्दारलाई चक्कु प्रहार गरेकी हुन् । घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ । चक्कु प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै पक्षबीच भनाभन भई विवाद हुँदा ती महिलाले प्रहरीमाथि चक्कु प्रहार गरेकी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए । हवल्दार होटलमा गएर बेला–बेला खाजा खाने गर्थे । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको र कानुनी कारबाही हुने एसपी चन्दले बताए ।