Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

विवादमा फसेर तनावमा छिन् कंगना ? भनिन्, ‘उल्झँदै गइरहेकी छु’

Sunday, September 13, 2020 National Power

एजेन्सी-नायिका कंगना रनौत विवादमा छाइरहन्छिन् । कंगनाले शिवसेनासँग निहुँ खोजेपछि उनी झनै समस्याले घेरिएकी छिन् । कहिले उनको अफिसमा तोडफोड हुन्छ त कहिले उनलाई विभिन्न प्रकारको धम्की दिइन्छ । नायिकाले पनि प्रत्येक पल्ट कडा जवाफ दिँदै आएकी छिन् । तर उनी आजकाल यो सबै कुराले तनावमा भएको जस्तो देखिन्छिन् । यसले आफूलाई उल्झाइरहेको पनि महसुस गरिरहेकी छिन् ।

कंगना रनौतले सोसल मिडियामा एउटा यस्तो ट्वीट गरेकी छिन् जुन हेर्दा यस्तो लाग्छ कि उनी तनावमा छिन् । उनले लेखेकी छिन्, ‘थुप्रै पटक यो उल्झनबीच यस्तो लाग्छ कि म निकै प्रभावित भइरहेकी छु । कहाँ आइपुगेकी छु रु म बुझ्न सकिरहेकी छैन । जीवनले मलाई जुन चुनौती पेश गरिरहेको छ, म त्यसलाई पार पाउने कोसिस गरिरहेकी छु तरपनि चुनौतीले छोड्दैनन् । म पूरा कोसिस गर्छु तरपनि पुनः उल्झँदै गइरहेकी छु ।’

अब कंगनाले यो पोस्टसँग एउटा फोटो पनि सेयर गरेकी छिन् । उनी कुनै मुद्दाको विषयमा उल्झँदै गइरहेको यो फोटोले इन्गित गर्छ । प्रशंसकले पनि नायिकालाई ठिक छ–छैन भनेर सोधिरहेका छन् । यसमा उनले जुन मीम सेयर गरेकी छिन् त्यो कंगना ठाकरे सरकारविरुद्ध देखिएको छ । मीममा उद्धव ठाकरेलाई रावणको रुपमा देखाइएको छ ।