Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

नौ लाख १९ हजार सात सय ६ जनाको कोरोनाले ज्यान लियो

Saturday, September 12, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ८६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख ५६ हजार सात सय ८४ पुगेको छ ।

शनिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नौ लाख १९ हजार सात सय ६ पुगेको छ भने कोरोना जित्नेको संख्या दुई करोड पाँच लाख ८२ हजार पाँच सय ८४ नाघेको छ। गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ९७ हजार चार सय २१, ब्राजिलमा एक लाख ३० हजार चार सय ७४, भारतमा ७७ हजार पाँच सय ६, मेक्सिकोमा ७० हजार एक सय ८३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।