Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

Saturday, September 12, 2020 National Power

पोखरा –  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं। १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

आइसियूमा उपचाररत उनको आज बिहान ६ः३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा। अर्जुन आचार्यले जानकारी दिए । यही भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी दशौं संक्रमित हुन् ।