Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेकपा स्थायी कमिटी बैठकमा केही बेर बोलेर अध्यक्ष ओली निस्किए

Friday, September 11, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओली केही बेर बोलेर निस्किएका छन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले बैठकको अध्यक्षता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भनेर निस्किएका हुन् । उनले आफ्नो मात्र कुरा राखेर निस्किएको बुझिएको छ । प्रचण्डलाई अध्यक्षता गर्न भनेर जानुलाई ओलीले पार्टीको जिम्मेवारी सुम्पिएकोको रुपमा लिइएको छ ।

पार्टी विवाद समाधान गर्न पनि ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने सहमति भएको छ । यसैलाई लागू गर्न ओलीले बैठकको अध्यक्षता प्रचण्डलाई गर्न भनी बाहिर निस्किएका हुन् ।

नेकपाभित्र आज १५ वटा एजेन्डामाथि बैठकमा छलफल हुने तय भएको छ । सदस्यहरुले लिखित सुझाव राख्ने तय भएको छ ।