Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

संशोधनसहित एमसीसी अनुमोदन गर्न नेकपा अध्यक्षद्वयको प्रस्ताव

Thursday, September 10, 2020 National Power

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी०)कम्प्याक्ट संशोधनसहित संसदबाट अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

नेकपा स्थायी कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधनसहित अनुमोदन गर्ने ।

दलहरूबीच विवाद हुँदा तीन पटक संघीय संसद सचिवालयमा दर्ता भए पनि एमसीसी कम्प्याक्ट अनुमोदन भएको छैन ।

एमसीसी कम्प्याक्ट र कम्प्याक्ट सम्बन्धी कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटी र सचिवालयमा छलफल गरिने अध्यक्षद्वयको प्रस्तावमा उल्लेख छ ।
एमसीसीबारे अध्ययन गर्न नेकपाले गठन गरेको कार्यदलले यसअघि नै बुझाएको प्रतिवेदनमाथि पार्टी कमिटीमा छलफल गर्न लागिएको हो । कार्यदलले संशोधन र परिमार्जन गरेर मात्रै अनुमोदन गर्नुपर्ने सुझाव दिएको छ ।

नेपाल सरकार र अमेरिकी संस्था एमसीसीबीच २९ भदौ २०७४ मा एमसीसी कम्प्याक्टमा हस्ताक्षर भएको थियो । जसमा अमेरिकाले ५० करोड डलर अनुदान दिने र नेपालले १३ करोड डलर लगानी गर्नुपर्ने उल्लेख छ ।