Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

परीक्षणमा सहभागी बिरामी परेपछि अक्सफोर्डद्धारा कोरोनाविरुद्धको खोप परीक्षण स्थगित

Wednesday, September 9, 2020 National Power

एजेन्सी – अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको खोपको परीक्षण स्थगित गरेको छ। परीक्षणमा सहभागी एक मानिस नै बिरामी परेपछि परीक्षण स्थगित गरिएको हो। उक्त खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर निर्माण गरेका थिए।

परीक्षण गरिएका व्यक्ति नै बिरामी परेपछि थप अध्ययन गर्न स्थगित गरिएको एस्ट्रोजेनेकाले जनाएको छ। विश्वका अन्य खोपमध्ये यसप्रति बढी अपेक्षा गरिएको थियो र अन्य परीक्षणमध्ये यो सबैभन्दा अगाडि रहेको विश्वास गरिएको थियो।

तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसलाई सामेल गराइएको थियो। बिबिसीका अनुसार अक्सफोर्डको यो परीक्षण विश्वका अन्य देशहरुमा पनि स्थगित गरिएको छ। अब यसबारेमा स्वतन्त्र रुपमा अनुसन्धान हुनेछ र नियामक निकायले फेरि परीक्षण सुरु गर्ने कि नगर्ने भनेर तय गर्नेछ।