Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सहकारीको ५ करोड ६७ लाख ठगी, प्रवन्धक पक्राउ

Wednesday, September 9, 2020 National Power

काठमाडौं- काठमाडौंको न्यूरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा प्रहरीले उक्त सहकारीका पूर्वप्रबन्धकलाई पक्राउ गरेको छ ।

सहकारीको ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको भन्दै राजकाजी खड्गीलाई पक्राउ गरेको हो । खड्गी सोही सहकारीका पूर्ब प्रवन्धक हुन् । उनले ७ वर्ष काम गरेर गत जेठ मसान्तसम्म जागिर छाडेका थिए ।

‘रकम हिनामिना गरेपछि जागिर छाडेको बुझियो, त्यसपछि हामीले पक्राउ गरेर कारबाही अघि बढाएका छौँ’ नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए । उनलाई प्रहरीले ललितपुरको धापाखेलबाट प्रकाउ गरेको हो ।

खड्गीलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट ५ म्याद थप गरी अनुसन्धान भइरहेको एसपी कार्कीले अनलाइनखबरलाई बताए ।