Saturday 15th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

इजिप्टमा पनि कोभिड १९ का संक्रमित १ लाखभन्दा बढी

Tuesday, September 8, 2020 National Power

इजिप्ट – इजिप्टमा पनि कोभिड १९ का सङ्क्रमितहरु बढ्दो रुपमा देखिएको छ । सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका सङ्क्रमितहरु एकलाख नाघेको छ । इजिप्टको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको छ ।

उक्त मन्त्रालयकाअनुसार यहाँ १ लाख ४१ जना संक्रमित भेटिएका छन् । त्यस्तै यहाँका ५ हजार भन्दा बढी नागरिकको सो सङ्क्रमणबाट ज्यान गएको छ ।सोमबारको प्राप्त पछिल्लो समाचारमा यहाँ ५ हजार ५४१ जनाको यो सङ्क्रमणबाट ज्यान गएको जनाइएको छ । यो संक्रमणका ७९ हजार भन्दा बढी संक्रमित यहाँ निको भएर घर फर्किएका छन् । यसरी संक्रमितहरुमा निको हुने दर धेरै देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकमा यो भाइरसबाट विश्वका करिब २ करोड ७० हजार मानिस संक्रमित भएका छन् भने यसबाट ८ लाख ८१ हजार जनाको ज्यान गएको छ ।